कालीकोट पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, ६ अझै बेपत्ता

काठमाडाैं । कालीकोटमा बिहान गएकाे पहिराेमा पुरिएर एकै परिवारका ४ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे तिलागुफा–१ नाग्ममा बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हाे । जुम्लाबाट खटिएकाे उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकाे छ । अझै ६ बेपत्ता रहेकाे बताइएकाे छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताए । खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन् । नाग्म बजारमा मोबाइल नेटवर्क नहुँदा ढिलो गरी घटनाको जानकारी आएको उनले बताए ।

Facebook Comments