बेलबारी स्थानीयबीच झडप, १ को मृत्यु

काठमाडाैं । माेरङमा स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-५ कसेनीस्थित लोहन्द्र पुलमा भएकाे झडपमा घाइते भएका स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ४ जना घाइते भएका छन् ।

स्थानीय ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुन्द्र राई, १६ वर्षीय गौरव राई र ३२ वर्षीय जितेन चौधरी घाइते भएका हुन् । चौधरीको विराट नर्सिङ होममा र अन्य तीनै जनाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

Facebook Comments