काठमाडाैं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदी पहिराबाट विस्थापितहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ।
लिदीमा पहिरोबाट विस्थापितहरुको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो। वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ।
३० साउनमा गएको पहिरोमा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन्। पहिरोबाट १७२ घर जोखिममा परेका छन्।
Facebook Comments