रामेछाप । रामेछापमा ५ दिन निषेधज्ञा थप गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा बिहीवार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा ५ दिन थप्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले यसअघि भदौ १३ गतेसम्म निषेधज्ञा जारी गरेको थियो । अब भदौ १८ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार कोरोना संक्रमणबाट सुरक्षित रहन बजार दैनिक रुपमा बिहान ११ बजेसम्म मात्र संचालन गर्ने निर्णय भएको छ ।
बैठकले जिल्ला भित्रिने सवारी साधनलाई अझै कडाई गर्ने, रोग फैलिन सक्ने क्षेत्रमा स्थानीय निकायसमेतले अनुगमन र निगरानी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
Facebook Comments