ट्रक तोडफोड गर्ने चार जना पक्राउ

दमौली । तनहुँमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका हुन् ।

ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Facebook Comments