आजराति १२ बजेदेखि रामेछापमा निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजराति १२ बजेदेखि लागू हुने गरी भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढेको भन्दै रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।

यसअघि चैतदेखि जेठसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । असारदेखि हालसम्म बजार र आन्तरिक सार्वजनिक सवारी सञ्चालन थिए । शर्माद्वारा जारी सूचनामा निषेधाज्ञाको अवधिमा अत्वाश्यक सेवा बाहेक अरु सेवा प्रभावित हुने जनाइएको छ ।

खाद्य, दूध, तरकारी र फलफूलका पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन दिने र अत्यावश्यक सेवाका सवारी सञ्चालन बाहेकका अन्य कार्य उक्त अवधिमा हुन पाउने छैनन् । सूचनामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रा समेतलाई निषेध गरिएको जनाइएको छ ।

Facebook Comments