काठमाडौं । नेपालमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।
Facebook Comments