ट्र्याक्टर दुर्घटनामा ९ वर्षीया बालिकाको मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।

जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए ।

प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । रासस

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित