५ थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ । बागलुङमा पाँच थान भरुवा बन्दुकसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका, २९ वर्षीय खिमानन्द कँडेल, ४२ वर्षीय टङ्कबहादुर रोका र बमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

विषेश सूचनाका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट अवैध हतियार लुकाइराखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।
त्यस्तै प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो ।

Facebook Comments