जबरजस्ती नेपाल प्रबेश गरेका व्यक्ति लागूऔषधसहित पक्राउ

वीरगञ्ज । बारामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय जीवनकुमार सर्राफ रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद भट्ट नेतृत्वको टोलीले गस्तीको क्रममा बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट उनलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको समयमा पनि भारतबाट ना ५ प ३६९८ को मोटरसाइकलमा जबरजस्ती नेपाल प्रबेश गरेका सर्राफलाई चेकजाँच गर्दा उनको साथबाट नाइट्राभेट ट्याबलेट ५६ थान, नुभिन इन्जेक्सन ४ थान, डाइजेल्याब इन्जेक्सन ४ थान, फिनरागन इन्जेक्सन ४ थान, अनरेक्स ३ बोतल लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए ।

Facebook Comments