४० यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

काठमाडौँ । कालीकोटका करिब ४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।

सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । उनले भने, ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेकाे छ ।’

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको सीडीओ गैरेले बताए । उनले भने, ‘घटना भएको ठाउँमा फोनले काम नगर्ने रहेछ । त्यसैले दुर्घटनाको विस्तृत विवरण आउन समय लाग्छ ।’ दुर्घटना भएको थाहा पाएलगत्तैआफूपनि घटनास्थलतिर जान लागेको उनले रातोपाटीलाई जानकारी दिए ।

Facebook Comments