नक्कली सेनिटाइजर बिक्री गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुबाट स्यानिटाइजर बनाउन प्रयोग गरिने ३२ सय ९० लिटर कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले जानकारी दिए ।

Facebook Comments