गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा १ र बागलुङमा ११ गरि जम्मा २४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित सबैलाई जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ । यस्तै, म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४६ वर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरि गण्डकी प्रदेशको बागङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१, २६ र २७ वर्षका ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षीय ८ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । हिजो मात्रै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकको ज्यान गएको छ ।

Facebook Comments