स्याङ्जा वालिङका काेराेना संक्रमितकाे शव व्यवस्थापन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएको उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

सङ्क्रमितको शव ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झडप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइते भए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो । फूलबारी तथा भलाम दुबैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अवरोध गर्ने र ढुङ्गामुढा गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीतर्फ पनि चार जना घाइते भएको बताइन्छ । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए ।

रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिएपनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडा नं ११ का वडाध्यक्ष बास्तोलाले शव व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानकारीपछि विरोध गरिएको बताए ।

कोभिड–१९ का कारणले मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधि अनुसार शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको छ भने जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले व्यवस्थापन स्थलको खोजी गर्नुपर्ने व्यवस्था गरिएको छ । रासस

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित