श्रोत नखुलेको भारतीय नोटसहित मोरङमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय रहेका छन् । गत चैत २८ गते साँझ साढे ४ बजे विराटनगर महानगरपालिका वडा नं. १५ स्थित सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई श्रोत नखुलेको भारतीय तीन लाख आठ हजार पाँच सय नगद सहित नियन्त्रण लिएको जिप्रका मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत बिहारका ३७ वर्षीय अभिनास मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया रहेका छन् । त्यस्तै सुनसरी वर्जु गाउँपालिका बस्ने ३८ वर्षीय को सुरज ऋषिदेव र ३८ वर्षीय शिवकुमारी ऋषिदेवलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठका अनुसार उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।
Facebook Comments