वातावरण पत्रकारिता पुरस्कार बमलाई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यस वर्ष नेपाल साप्ताहिकका संवाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारस्वरुप उनलाई रु २५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसका अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सो पुरस्कार प्रदान गर्ने निर्णय भएको आज जनाएको छ ।

समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनोट समितिले सो मूल्याङ्कन गरेको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Facebook Comments