एमाले ललितपुरले छान्यो हरिकृष्ण ब्यन्जनकारलाई महानगरको मेयरमा सर्वसम्मत उम्मेदवार

 

काठमाडौं ! नेकपा एमालेले ललितपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ। उक्त महानगरमा हरिकृष्ण ब्यन्जनकार चयन हुनुभएको छ।

एमाले केन्द्रिय कमिटी सदस्य एवं ललितपुर जिल्ला सह-इन्चार्ज समेत रहनुभएका ब्यन्जनकार गत स्थानीय निर्वाचनमा पनि महानगरको प्रमुख पदको उम्मेदवार हुनुहुन्थ्यो। उहाँ झिनो मतले काङ्ग्रेस उम्मेदवारसँग पराजित हुनुहुन्थ्यो। यसपटक एमालेले महानगरमा किल्ला गाड्ने योजना सहित ब्यन्जनकारलाई सर्वसम्मत सिफारिस गरेको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.