काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् ।
‘लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै अप्ठ्यारोमा परेको अवस्था छ’ सांसद गोपीबहादुर सार्कीले भने ।
सांसदहरु जितेन्द्रनारायण देव, भगवती न्यौपानेलगायतले पनि निश्चित नियम बनाएर लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए । सांसद देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्न सबैको राय सुझाव लिन र सबै निकायलाई परिचालन गर्न सरकारलाई आग्रह गरे ।
Facebook Comments