म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ ।

Facebook Comments