तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूको जुलुस

काठमाडाैँ – तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले जुलुस निकालेका छ्न।

स्वतन्त्र तिब्बतको माग गर्दै उनीहरूले बिजुलीबजारबाट माइतीघरसम्म जुलुस निकालेका थिए। त्यस्तै, तिब्बती शरणार्थीप्रति ऐक्यबद्धता जनाउन नेपाली समर्थकहरू गौशालामा समेत शान्तिपुर्ण प्रदर्शन गरेका थिए ।

उनीहरुले तिब्बतमा मानवअधिकारको रक्षाको माग गर्दै सो रैली निकालेका हुन। उनीहरूले नेपाल-चीन बीचको मित्रतापुर्ण सम्बन्धको साथै नेपाल तिब्बतीको हकहितको पक्षमा रहेको सन्देश प्रबाह गरेका छ्न।

चीनले तिब्बतलाई चिनियाँ मुख्य भूमिमा मिलाएदेखि नेपालमा हजारौंको संख्यामा तिब्बती शरणार्थीहरू बसोबास गर्दै आइरहेका छ्न्। उनीहरूलाई नेपाल सरकारले शिक्षा, स्वास्थ र रोजगारीको हक प्रदान गर्दै आइरहेको छ। नेपाली नागरिकको तहमा पनि तिब्बती शरणार्थीहरूलाई सहज जिवनयापनको सहयोग हुँदै आइरहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.