निर्माण क्षेत्रमा पनि कामदार पठाउन नेपाल–इजरायल सम्झौताको तयारी

नेपाल सरकार र इजरायली सरकारबीच नेपालीलाई इजरायलको निर्माण क्षेत्रमा रोजगारीका लागि पठाउन संयुक्त कार्यदल बनाउने निर्णय भएको छ।

आज भएको परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि इजरायली राजदूत हनान गोदर गोल्डबर्गरबीचको छलफलपछि उक्त निर्णय भएको हो।

सोही कार्यदलले निर्माण क्षेत्रमा पनि कामदार पठाउन दुईदेशीय सम्झौताको तयारी अगाडि बढाउनेछ।

केयर गिभिङ क्षेत्रको कामदार छनोटका लागि आवश्यक प्रक्रिया पूरा भएकोमा दुवै देशले सन्तोष व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आजै ९९ नेपाली कामदारको पहिलो ब्याच इजरायलका लागि प्रस्थान गर्ने पनि मन्त्रालयले उल्लेख गरेको छ। यो क्याटेगोरीमा १ हजारभन्दा धेरै नेपाली छनोट भइसकेका छन् भने आगामी हप्ताहरुमा इजरायल जानेछन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.