ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

ललितपुर : जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँ सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ।

मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो। प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

यसैगरी चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाइ आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ।

विद्यालय, विश्वद्यालय तथा कलेज एवं ट्युसन सेन्टरआदि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.