लुम्बिनी विकास कोषको प्रष्टीकरण– लोकप्रिय मन्त्री आलेलाई बदनाम गर्न खोजियो

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले गुरुयोजना विपरित लुम्बिनीमा रिसोर्ट खोल्न अनुमति दिने निर्णय गरेको भन्दै आएका समाचारप्रति लुम्बिनी विकास कोषले असहमति जनाएको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले एक विज्ञप्ती जारी गर्दै गुरुयोजनाविपरित कुनै पनि निर्णय नभएको बताए ।

गुरुयोजनाभित्र पर्यटकको सुविधाका लागि क्याम्पेन ग्राउण्ड निर्माण र सञ्चालनका लागि सम्सरा वेलनेस रिसोर्टको तर्फबाट आएको प्रस्तावलाई स्वीकृतिका लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्रै भएको कोषले जनाएको छ ।

सञ्चारमाध्यममा आएजस्तो गुरुयोजनाविपरित कुनै रिसोर्टको संरचना बनाउन दिने निर्णय नभएको सदस्य सचिव शाक्यले बताए ।

पछिल्लो समय जनप्रिय कदमका कारण लोकप्रिय भएका मन्त्री आलेलाई बदनाम गर्ने उद्देश्यले लुम्बिनीसँग जोडेर समाचार प्रकाशन गरेको भन्दै कोषले दुःख व्यक्त गरेको छ ।

कोषका कोषका अध्यक्ष समेत रहेका मन्त्री आले र उपाध्यक्ष भिक्षु मैत्तयबीच सम्बन्ध विग्रिएको भन्दै भ्रम छर्ने काम भएको भन्दै कोषले भिक्षु नियमित कार्यतालिका अनुसार क्यानडा गएको जनाएको छ ।

कोषले भनेको छ, ‘भिक्षु मैत्तय नियमित प्रत्येक वर्ष क्यानडामा डिसेम्बरदेखि दुई महिने धर्म प्रचार तथा ध्यान सिकाउन कार्यतालिका अनुसार मन्त्रीको स्वीकृतिमा नै उहाँ क्यानडा जानुभएको जानकारी गराउन चाहान्छु ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.