प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जनामा कोरोना संक्रमण

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

Facebook Comments