कांग्रेस नेतृ डिला संग्रौलालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

‘पीसीआर परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु’ संग्रौलाले लेखेकी छन्।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि संक्रमित छन्। उनले हिजो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘फेरि कोरोनाको संक्रमणमा।’ डिनालाई यस अघि पनि कोरोना संक्रमण भएको थियो।

यस्तै, कांग्रेसका अर्का सहमहामन्त्री किशोरसिंह राठोरलाई पनि कोरोना पोजेटिभ भएको छ। उनलाई हिजो संक्रमण पुष्टि भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.