आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

काठमाडौं : नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ ।

आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।

सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।

Facebook Comments