नेप्सेको सीइओ बन्न ५ जना प्रारम्भिक रूपमा छानिए, अर्थमन्त्रालयमा २५ गते अन्तर्वार्ता हुने

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्न ५ जना छानिएका छन्। छनोट समितिले आवेदन दिएकामध्ये ५ जनालाई कार्यपत्र प्रस्तुति र अन्तर्वार्ताको लागि बोलाएको हो।

अन्तर्वार्तामा छानिएकाहरुमा पाल्पा जिल्लाका कृष्णबहादुर कार्की, ललितपुरका डा. केशवप्रसाद श्रेष्ठ, झापाका प्रवीण पन्दाक, झापाकै रमेश घिमिरे र नवलपरासीका डा. रमेशकुमार भण्डारी छन्।

यी प्रत्यासीहरुलाई कार्यपत्र प्रस्तुति र अन्तर्वार्ताका लागि आगामी आइतबार (पुस २५ गते) अर्थ मन्त्रालयको सुवर्ण हलमा बोलाइएको छ। ५ जनामध्ये धेरै अंक ल्याउने ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषद्‍मा पठाउनेछ।

मन्त्रिपरिषद्‍ले तीनमध्ये एक जनालाई नेप्से सीइओको नियुक्त गर्नेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.