काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मंगलबार थपिएका २८८ जना संक्रमित मध्ये ४ जना स्वास्थ्यकर्मी रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Facebook Comments