सीमा नाकाबाट युवतीको उद्धार, दुई भारतीय नागरिक नियन्त्रणमा

पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

भारतको राजस्थान बस्ने वर्ष २१ का अरुणकुमार र भारतको हरियाणा बस्ने वर्ष १८ का चिराग दुग्गलले युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उद्धार गरिएकी र नियन्त्रणमा लिइएका दुई भारतीय नागरिकलाई आवश्यक कानूनी कारवाहीका लागि शान्ति पुनःस्थापन गृह त्रिनगर कैलालीमा बुझाइएको उनले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.