२ सय यात्रु बोकेको विमान ठूलो दुर्घटनाबाट जोगियो

लण्डन : ब्रिटिस एयरवेज कम्पनीको विमान दुर्घटना हुनबाट जोगिएको छ। करिब २ सय यात्रु बोकेको सो विमान १ हजार फिटमाथि दुर्घटना हुनबाट जोगिएको हो।

कम्पनीको बिए २२३६ विमान विमानको विन्डस्क्रिन हावासँग ठोक्किएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। दुर्घटनापश्चात विमानमा सवार सबै यात्रुको आकस्मिक अवतरण गराइएको बताइएको छ। सो दुर्घटनापछिको सफल अवतरण लाखौंमा एक रहेको बताइएको छ।

क्रिसमसको अवसरमा छुटी मनाउन गएका यात्रुलाई बोकेर सो विमान लण्डनको ग्याटविक इन्टरनेसनल एयरपोर्टबाट सान जोसतर्फ गइरहेको थियो। दुर्घटना हुनुअघि सो विमानले ३५ सय फिट उचाई पार गरेको थियो। करिब १ हजार फिट उचाईमा झरेपछि हावाको झोकासँगै आएको बरफको डल्लाले विमानको २ इन्च बाक्लो विन्डस्क्रिनमा ठोक्किँदा सो दुर्घटना भएको विमान कम्पनीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.