जोर्डनको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

अम्मान – जोर्डनको संसद्‌मा सांसदहरूबीच कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच संसद्भि‍त्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरूबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसदमा सांसदहरूबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसदा सदस्य खालिल आतियहले भने ।

Facebook Comments