एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालको तलब एक करोड ५२ लाख, ८.४२% लाभांश बाँडिदै

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ५२ लाख ३७ हजार रुपैयाँ तलब भत्ता दिएको छ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल छन्। बैंकले पुस २९ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक बर्ष कुल ब्यवस्थापन खर्च २ अर्ब २४ करोड रुपैयाँ गरेको छ।

यसमध्ये एक अर्ब ५५ करोड रुपैयाँ कर्मचारी खर्च हो भने बाँकी ६९ करोड रुपैयाँ कार्यालय सञ्चालन खर्च हो।

बैंकले प्रमुख कार्यकारी अधिकृतबाहेक उच्च ब्यवस्थापकलाई ३ करोड २६ लाख ३३ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ।

बैंकको सभाले चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर वितरण गर्ने एजेण्डा पारित गर्ने छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ। बैंकले मर्जरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.