स्पाइडर म्यान ‘नो वे होम’ बन्यो कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र

काठमाडौँ : स्पाइडरम्यान शृङ्खलाको नयाँ भाग ग्लोबल बक्स अफिसमा कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ।

‘स्पाइडर म्यान: नो वे होम’ सन् २०२१ मा सबैभन्दा धेरै कमाउने चलचित्र पनि बनेको छ।

यो चलचित्रले चिनियाँहरूले बनाएको कोरियाली युद्धसम्बन्धी चलचित्र ‘द ब्याटल अफ लेक चान्जिङ’ लाई पनि उछिनेको छ।

उक्त चलचित्रले संसारभरि ९०.५ करोड अमेरिकी डलर कमाएको थियो।

एक अर्ब डलरभन्दा धेरै कमाउने पछिल्लो चलचित्र सन् २०१९ को ‘स्टार वार्ज: द राइज अफ स्काईवोकर’ भएको मिडिया डेटा एनलिक्टिक्स कम्पनी कम्सकोरले जनाएको छ।

अन्य कुनै हलीवुड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले बक्स अफिसको उक्त बिन्दुनजिक पुगेका छैनन्।

मार्भल सिनेम्याटिक यूनिभर्सले निर्माण गरेको उक्त चलचित्रले सप्ताहान्तमा बक्स अफिसमा १.०५ अर्ब डलर आय पुर्‍याएको हो।

सोनी र डिज्नीको सहनिर्माणमा बनेको सो चलचित्रले प्रीमीअर भएको दुई साताभन्दा कम समयमा त्यति पैसा कमाएको हो।

मलेशियादेखि हलीवुडसम्म पूरै विश्व हल्लाइदिएको एउटा काण्ड
कोभिडको ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा संसारभरि फैलिरहँदा र त्यसले घरभित्रका गतिविधिमा नयाँ चिन्ताहरू सिर्जना गरिरहँदा उक्त चलचित्रको सफलताको खबर आएको छ।

तर विश्व चलचित्रको सबैभन्दा ठूलो बजार मानिने चीनमा स्पाइडर म्यान: नो वे होम अझै प्रदर्शन हुन थालेको छैन।

साभार बीबीसी नेपाली

Facebook Comments