राउत नेतृत्वको आमहड्ताल असफल पार्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा ।जनमत पार्टी केहि दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको हो ।

आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

Facebook Comments