कंगोमा इबोलाका कारण ४ जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको संक्रमण फैलिएको सरकारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला संक्रमित छ जना फेला परेको जनाएको छ । संक्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको संक्रमण देखिएको हो । संगठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका संक्रामक एवं प्राणघातक रोगहरु कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको छ भने।

उनले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए ।

सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ । डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताए ।

उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए । डब्लुएचओले यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको छ भने कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कंगोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कंगोका जंगली जनावरमा अद्यापी रहेको पुष्टि भएको छ । रासस / एएनआई

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित