शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालाको पार्टीको अबको वरीयताको विषयमा विवाद चर्किएको छ ।

सभापति शेरबहादुर देउवाले यसअघिको परम्परा तोड्दै शेखरको वरीयता २०औँ नम्बरमा पुर्‍याइदिएपछि कांग्रेसभित्र विवाद बढेको हो। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि यसबारे आपत्ति जनाएका छन् ।

उनले राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेका वरीयताले होइन जनता र आम कार्यकर्ताको मूल्यांन र विश्वासमा निर्भर रहने बताएका छन् ।

‘राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ता साथीहरूको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ,’ जोशीले पुराना जानकारीसहित ट्वीटरमा लेखेका छन्, ‘यसरी पार्टी पंक्ति निर्धारणका परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो, तसर्थ निश्चित मापदण्डको लागि निस्पक्ष र खुला विवेचना गरौँ।’

Facebook Comments