बुटवल । सांसद विकास कोषका नाममा सांसदहरुलाई बाँडिने रकमले कोरोना परीक्षण किट खरिद गर्न साझा पार्टी प्रदेश ५ समितिले माग गरेको छ ।
प्रदेश ५ मा कोरोना संक्रमणको दर देशभरमै उच्च रहेको र अझै थपिने अवस्था रहेकाले परीक्षणको दायरा बढाउनका लागि कोषको रकम किट खरिदमा खर्च गर्न साझा पार्टीले माग गरेको हो ।
पार्टीका प्रदेश संयोजक अनुपमान सैंजुले मंगलबार विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश सांसदहरूलाई बर्सेनि करिब २० अर्ब रकम बाँड्नु चरम नीतिगत भ्रष्टाचारको नमूना भनेका छन् । उनले उक्त कोष खारेज गर्न माग गरेका छन् ।
सांसद बिकास कोषको रकम कोभिड १९ परीक्षण सामग्री खरिद र क्वारेन्टाइन बनाउन लगानी गर्न साझा पार्टीले प्रदेश सांसदहरुहरुलाई आग्रह गरेको छ ।
Facebook Comments