कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रका पाँच जिल्लाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेशअन्तर्गतका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेशका हिमाली जिल्लामा कोरोना संक्रमणको जोखिम नभएको ठहर गर्दै बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो। प्रदेश विपत् व्यवस्थापन केन्द्रले विद्यालय खोल्ने निर्णय गरे पनि जुम्लामा दुई प्रहरीसहित १९ जना र कालिकोटमा १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
फेरि कर्णाली प्रदेशका हिमाली जिल्लाका पनि अधिकांश विद्यालमा क्वारेन्टाइन निर्माण गरिएको छ। यसले पनि तत्कालै विद्यालय सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय अव्यावहारिक भएको जानकारहरू बताउँछन्।
हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय पनि कर्णाली प्रदेश सरकारले गरेको छ।
Facebook Comments