एमसीसी संसदबाट अनुमोदन भए मात्रै रकम निकासा : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै रकम निकासा हुने स्पष्टीकरण दिएका छन् ।

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो ।

बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे ।

Facebook Comments