लालबाबु भन्छन् : कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान गयाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नेता पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’

पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले क्वारेन्टिनहरू चिन्ताजनक अवस्थामा रहेको बताए । क्वारेन्टिन व्यवस्थापनका लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.