बेलायतद्वारा चीनबिरूद्ध १० लोकतान्त्रिक राष्ट्रको संगठन बनाउने प्रस्ताव

एजेन्सी । संयुक्त राज्य बेलायतले चीनको बिरूद्ध १० लोकतान्त्रिक राष्ट्रहरुको संगठन बनाउने प्रस्ताव गरेको छ |

बेलायतले भारत, दक्षिण कोरिया र अष्ट्रेलियासँगै अमेरिका, इटली, जर्मनी, फ्रान्स, जापान र क्यानडालाइ गठबन्धनको प्रस्ताव गरेकाे हाे |

अत्यावश्यक प्रविधिहरूमा चीनमा निर्भरता नहोस् भनेर उक्त गठबन्धनको प्रस्ताब गरिएको हो |

यस्तै केही समयअघि अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्‍याएको भन्दै चीनविरूद्ध मुद्दा समेत दर्ता गरेका छन्।

मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।

पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्।

महान्याधिवक्ता स्मिटले मुद्धाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।

चीनकाे पछिल्लाे रवैयाविरूद्द अधिकांश देश त्यसकाे चर्काे अालाेचना गरिरहेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.