काठमाडाैं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments