भारतबाट आएका कोरोना संक्रमित एक युवकको मृत्यु

सप्तरी । भारतको दिल्लीबाट घर आएका कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

भारतको दिल्लीबाट एक साताअघि घर आएका कोरोना संक्रमित युवकको आज विहान मृत्यु भएको हो ।

वडा अध्यक्ष श्रीप्रसाद यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररका क्रममा सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय संक्रमित युवकको मृत्यु भएको छ ।

दिल्लीबाट बिरामी भई घर फर्किएका युवकले राजविराज र विराटनगरमा उपचार गराएका थिए । बिरामी निको हुनुको साटो श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत सोमबार धरानस्थित प्रतिष्ठान भर्ना भएका थिए ।

धरानमा परीक्षणका क्रममा कोभिड-१९ को संक्रमण पत्ता लागेको थियो । मृतकको परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिलाई तत्काल घर बाहिर ननिस्किन र अन्य व्यक्तिसँग सम्पर्क नगर्न आग्रह गरिएको वडा अध्यक्ष यादवले बताए ।

Facebook Comments