काँग्रेस महाधिवेशन सार्न देउवालाई प्रधानमन्त्री ओलीको साथ

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ ।

क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने भएको हो । महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् ।

ओली पनि अध्यादेश ल्याएर काँग्रेस महाधिवेशन सार्न मिल्ने कानुनी व्यवस्था गरिदिनेबारे सकारात्मक भएको बुझिएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पार्टीभित्र दबाब बढेपनि देउवा अगाडि बढ्न चाहिरहेका छैनन् । यसकारण पनि ओली देउवासँग सकारात्मक भएका हुन् ।

यसैगरी, आज बस्ने तय भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक १५ वैशाखको दिउँसो २ बजे बस्ने गरी स्थगित भएको काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.