बिर्तामोडको रामचोकमा मोटरसाइकल दुर्घटना, हुँदा एक युवतीको मृत्यु

दमक । मोटरसाइकल दुर्घटना हुदा एक युवतीको मृत्यु भएको छ ।

हिजो बेलुका ७ बजे झापाको बिर्तामोड नगरपालिका -२ रामचोकमा मोटरसाइकल दुर्घटना हुदा एक युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यू हुनेमा झापाकै अर्जुनधारा नगरपालिका -७ की २७ वर्षीया सुसना राई रहेको छ । गम्भीर घाइते भएकी राईको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

मे १० प ५५ २० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

 

Facebook Comments