जनकपुरधाम । प्रदेश न.२ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक बस्ने भएको छ ।
आज प्रदेश सभाको बैठक झण्डै ६ महिनापछि बस्न लागेको जनाइएको हो । बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची रहेको जनाइएको छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ-आफ्नो दलको नेता परिवर्तन गरेका छन् । एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ ।
दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि मण्डल संसदीय दलको नेता बनेका थिए । तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि ओली पक्षका मण्डललाई तत्कालीन माधव–प्रचण्ड समूहले पनि संसदीय दलको नेताबाट हटाएर महतोलाई नै नेता बनाएका थिए ।




Facebook Comments