चितवनको राप्तीमा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु,२२ जना घाइते

चितवन। चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ ।

चितवनको जिल्लाको राप्ती नगरपालिका वडा नं ११ आमपानीको चिउडे खोलामा आइतबार साँझ ७ः३० बजे ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको हो ।

ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जनाएको छ ।

पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

Facebook Comments