उदयपुर । अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पक्रउ पर्नेमा सोही ठाउँ नगरपालिकाका ५५ वर्षीय तिलक चौधरी रहेको छ । उनको साथबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।












Facebook Comments