देउवा र प्रचण्ड महन्थलाई प्रधानमन्त्री बनाउन तयार

काठमाडौंं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएका छन् ।

आज देउवानिवास बुढानिलकण्ठमा बसेको बैठकमा देउवा र प्रचण्ड ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् । बैठकमा देउवा र प्रचण्ड दुवैले सहमतिका लागि ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने विषय राखेको विश्वस्त स्रोतल जनाएको छ ।

देउवाले लोकतान्त्रिक गठबन्धन बनाएर जाने प्रस्ताव राख्दै महन्थलाई प्रधानमन्त्री बनाएर जान समस्या नभएको बताएको बुझिएको छ । तर, उनले पार्टीभित्र छलफलको समय मागेका छन् ।

काँग्रेसभित्र ओली सरकारको विकल्प खोज्न दबाब बढ्दै जाँदा देउवा लचिलो बनेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउन नेताहरु सहमत भएसँगै राजनीति रोचक मोडमा पुगेको छ ।

Facebook Comments