सप्तरी । नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट चार लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरिएको छ ।
भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको चार लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ४१ हजार ८ सय रुपैया मुल्य बराबरको पचास किलो प्याज, तन्ना चौबिस पिस, चिनी दुई सय किलो, अलैची ३५ किलो, सिरानीको खोल तिस पिस, साडी पाच पिस, पप्लीन कपडा साठी मिटर र कुर्ता २ पिस रामग्राम नगरपालिका वडा नम्बर ८ बाट बरामद गरेको छ ।
यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी तीन लाख ७७ हजार ४ सय रुपैया मुल्य बराबरको कार्पेट ११० मिटर र स्किन साइन क्रिम एक हजार दुई सय पिस सरावल गाँउपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।
Facebook Comments